फागुन १५ मा पक्राउ परेका पल शाह फागुन १५ मै रिहा
काठमाडौँ– एक वर्षअघि ०७८ फागुन १५ गते पक्राउ परेका अभिनेता पल शाह ठिक एक वर्षपछि अर्थात आज फागुन १५ गते नै रिहा भएका छन् ।
उच्च अदालत पोखराले सफाइ दिएसँगै अभिनेता आह आज थुनामुक्त हुँदै आज रिहा भएका हुन् ।
एक नाबालिग गायिकाले आफूलाई बलात्कार गरेको आरोपमा शाहविरुद्ध दुईवटा जिल्लामा बलात्कारको उजुरी दिएकी थिइन् ।
यसमा नवलपुर जिल्ला अदालतले शाहलाई बालयौन दुव्र्यवहारको दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो ।
तर, तनहुँ जिल्ला अदालतले भने शाहलाई निर्दोष ठहर गरेको थियो ।
पछि तिनै जाहेरी दिएकी बालिकाले अदालतमा भने उजुरी झुटो भएको बकपत्र गरेकी थिइन् ।
बालयौन दुरुपयोगको मुद्दामा दोषी ठहर भइ जेल सजाय भोगिरहेका अभिनेता शाहको मुद्दामा आइतबार उच्च अदालत पोखरामा सुनुवाइपछि सफाइ पाएपछि उनी आज तनहुँ कारागारबाट जेलमुक्त भएका हुन् ।
प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९ १२:०६
प्रतिक्रिया दिनुहोस्