Nic Ad Nic Ad
Nic Ad Nic Ad

अपांगता भएकालाई लेखा तालिम

सोमबार, फागुन १५, २०७९

तनहुँ– नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाद्वारा अपांगता भएका व्यक्तिलाई दमौलीमा लेखा व्यवस्थापन तालिम प्रदान गरिएको छ ।

उनीहरूलाई आत्मनिर्भर बनाउन टेवा पुर्याउने उद्देश्यले सो तालिम प्रदान गरिएको हो ।  

शाखा सभापति प्राडा कृष्णप्रसाद गौतमले अपांगता स्वालम्बन समूहको बचत परिचालन गर्ने, हिसाब राम्रोसँग राख्न सिकाउने, आयआर्जनको रकमलाई सही तरिकाबाट व्यवस्थापन गराउने उद्देश्यले तालिम प्रदान गरिएको बताए ।

उक्त शाखाका मन्त्री सूर्यचन्द्र हड्खलेले तालिममा ऋषिङ गाउँपालिकाका ८ वटै वडामा रहेका अपांगता स्वालम्बन समूहका अध्यक्ष, कोषाध्यक्ष, रेडक्रस उपशाखाका स्वयंसेवक, अपांगता क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधिसहित २५ जनाको सहभागिता रहेको जानकारी दिए ।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले ‘जहाँ दुःख त्यहाँ रेडक्रस’ भन्ने भावानाअनुरूप नै काम गरिहेको उल्लेख गर्दै यस्ता तालिमले अपांगता भएका व्यक्तिलाई आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास व्यक्त गरे ।

प्रशिक्षार्थीहरूलाई जगतबन्धु वाग्लेले प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १२:२०
प्रतिक्रिया दिनुहोस्