नेभिगेशन
समाज विविध

पूर्वाधारमन्त्री श्रेष्ठको टोली सुनसरीमा, कमला पुलसँगै सडकको पनि अनुमगन गर्ने

काठमाडौँ– उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसहित सडक विभागका कर्मचारी सुनसरीमा पुगेका छन् । कमला पुल निर्माणको अवस्था र रणनीतिक सडकको अनुगमन गर्न मन्त्री त्यहाँ पुगेका हुन् । 

उनले कमला नदीदेखि कञ्चनपुरसम्म निर्माणधीन सडक विस्तारको पनि अनुमगन गर्नेछन् । कमला कञ्चनपुर सडक ४ लेनमा विस्तार हुँदैछ ।

त्यस्तै, सडक विभागले पूर्व–पश्चिम राजमार्गलाई ४ लेनमा विस्तार गर्दैछ । 

उक्त सडक खण्डको पनि अनुगमन गर्ने कार्यक्रम रहेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए । 

अनुगमनमा मन्त्रीसहित सचिव र सडक विभागका महानिर्देशकसमेत सहभागी छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा