नेभिगेशन
समाचार

प्रतिनिधिसभामा शहनाज रहमानप्रति शोक प्रस्ताव पारित

काठमाडौँ– संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकले प्रतिनिधिसभा सदस्य शहनाज रहमानको मृत्युप्रति शोक प्रस्ताव पारित गरेको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकले प्रतिनिधिसभा सदस्य शहनाज रहमानको मृत्यु भएकोप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो ।

रहमानको शनिबार हृदयघातका कारण मृत्यु भएको थियो । समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रहमान ६३ वर्षकी थिइन् ।

झापाकी स्थायी बासिन्दा रहमान मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै सांसद बनेकी थिइन् । 

प्रतिनिधिसभाको अर्को बैठक फागुन १७ गते बुधबार दिउँसो १ बजे बस्नेछ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार