Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपाले समर्थन फिर्ता नलिने, राष्ट्रपतिमा अनिर्णीत

सोमबार, फागुन १५, २०७९

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले उपयुक्त समय नआउन्जेलसम्मका लागि सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरेको पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । 

उनले बैठकले राष्ट्रपति निर्वाचनका लागि नेकपा एमाले र नेपाली कांग्रेस दुवै दलले सहयोग मागे पनि अहिलेसम्म पार्टीले कसलाई समर्थन गर्ने भन्नेबारेमा कुनै निर्णय लिइनसकेको जनाए । 

सहमहामन्त्री बुर्लाकोटीले बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे पार्टी सभापति रवि लामिछानेले ब्रिफिङ गरेको पनि जानकारी दिए ।
 

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १३:४७
प्रतिक्रिया दिनुहोस्