Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुशासन र विकास सरकारको मुख्य प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड

सोमबार, फागुन १५, २०७९

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास भएको बताएका छन् । 

गोरखाको माछाखोला जलविद्युत् आयोजनाको आज विद्युतीय माध्यमबाट उद्घाटन गर्दै उनले सरकारको ध्यान सुशासन, सामाजिक न्याय र विकासमा केन्द्रित हुने बताए । 

प्रधानमन्त्री प्रचण्डले विगतमा राजनीतिक स्थिरता कायम गर्ने कुरा चुनौतीपूर्ण हुने गरेको भए पनि यस पटक आफूहरूले स्थायित्व दिनेमा विश्वस्त तुल्याए ।

‘यो वर्ष चुनावी वर्षका रूपमा बित्यो । वैशाखमा स्थानीय तह र मङ्सिरमा प्रदेश र संघको अब राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि निर्वाचन प्रक्रिया ५ वर्षका लागि सकिएको हुन्छ । यसले संविधान कार्यान्वयन प्रक्रिया र विकास निर्माणलाई गति दिनका लागि एउटा नयाँ आधार तयार भएको छ,’ उनले भने ।

जलविद्युत् आयोजनाको सफलताको कामना गर्दै उनले आगामी दिनमा कम्पनीले अन्य आयोजना पनि अगाडि बढाउने विश्वास व्यक्त गरे । 

प्रधानमन्त्री प्रचण्डले आयोजनाको निर्माणमा संलग्न स्वदेश तथा विदेशमा रहेका नेपालीको योगदानका लागि धन्यवाद दिए ।

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १३:५३
प्रतिक्रिया दिनुहोस्