Nic Ad Nic Ad
Nic Ad Nic Ad

राजनीतिक कोर्स परिवर्तनको बलियो शक्ति हामी हौँ : अध्यक्ष नेपाल

सोमबार, फागुन १५, २०७९

सुर्खेत –नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान राजनीतिक कोर्स परिवर्तनको बलियो शक्ति आफूहरू नै भएको दाबी गरेका छन् ।

कर्णाली भ्रमणमा आएका अध्यक्ष नेपालले सुर्खेत विमानस्थलमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै विगतमा भएका राजनीतिक परिर्वनमा आफ्नो उल्लेखनीय भूमिका रहेको बताए । वर्तमान राष्ट्रिय राजनीतिक कोर्स परिवर्तनमा पनि एकीकृत समाजवादी बलियो शक्ति भएको उल्लेख गर्दै उनले भने, ‘पाटीको नीति, विचार र सांगठानिक संरचनाहरू परिपक्क छ । हामी आफ्नो निर्णय कार्यान्वयन गर्न बलियो अडानका साथ उभिएका छौँ ।’

नेता नेपालले २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुने पनि बताए । उनले भने, ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र म आफैँसहित ८ राजनीतिक दलका शीर्ष नेताबीच सहमति भइसकेकोले राष्ट्रपतिमा पौडेललाई निर्वाचित हुन कसैले रोक्न सक्दैन् ।’
 

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १४:१८
प्रतिक्रिया दिनुहोस्