Nic Ad Nic Ad
Nic Ad Nic Ad

सिटिजन्स बैंकका ग्राहकलाई मेदान्त अस्पतालमा १५ प्रतिशतसम्म छुट

सोमबार, फागुन १५, २०७९

काठमाडौँ –सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतको गुडगाउँस्थित मेदान्त– द मेडिसिटी अस्पतालबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिनेसम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको छ ।

गुडगाउँ, हरियाणास्थित मेदान्त अस्पतालमा उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्ताक्षर गरेका हुन् । यस किसिमको सहकार्यबाट बैंकका उल्लेखनीय ग्राहकवर्गले उक्त अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइसकेका बैंकले जनाएको छ ।

यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले पाउनेछन् । बैंकले यस्तो किसिमको सुविधा विगत ३ वर्षदेखि निरन्तर रूपमा उपलब्ध गराउँदै आइरहेको छ  ।
 

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १४:४१
प्रतिक्रिया दिनुहोस्