Nic Ad Nic Ad
Nic Ad Nic Ad

रेसुङ्गा विमानस्थलबाट हप्तामा अब ३ उडान

सोमबार, फागुन १५, २०७९

गुल्मी –गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्तामा ३ दिन उडान हुने भएको छ । रेसुङ्गा नगरपालिका र नेपाल वायुसेवा निगमसँग नियमित उडान गर्ने बारे सम्झौता भएपछि अब हप्तामा ३ दिन उडान हुने भएको हो ।

नेपाल वायुसेवा निगमद्वारा सुरुमा हप्तामा १ दिन उडान गरेपछि अब हप्तामा ३ दिनसम्म पु¥याउने योजना छ । रेसुङ्गा विमानस्थल रेसुङ्गा नगरपालिकाको वडा–१० को सिमीचौरमा पर्दछ । विमानस्थल पुग्न जिल्ला सदरमुकाम तम्घासबाट करिव ५ मिलोमिटर कच्चीबाटोको यात्रा गर्नुपर्दछ ।

विमानस्थलमा २५ जेठ २०७५ मा तारा एयरको जहाजले धुले उडान गरेको थियो । पुनः २४ पुसमा तारा एयरको १८ सिट क्षमताको जहाजले सफल प्रदर्शन उडान गरेको थियो । 

२०६३ सालमा रेसुङ्गा विमानस्थलको शिलान्यास संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रदिप ज्ञवालीले गरेका थिए । तर शिलान्यास भएपनि विमानस्थलको निर्माणको काम २०७२ पछि मात्र सुरु भएको थियो ।

रेसुङ्गा विमानस्थल धावनमार्ग ५२० मिटर लम्बाई र चौडाई २० मिटर रहेको छ । १५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको ७९ रोपनी जग्गा अधिकरण गरिएको थियो ।

विमानस्थलबाट नियमित उडान भए गुल्मेली र छिमेकी जिल्लाका नागरिकहरू सिद्धबाबाको जोखिमपूर्ण अवस्था यात्रा गर्नुपर्ने बाध्यता अत्य हुने स्थानीयको अपेक्षा छ ।

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १४:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार