Nic Ad Nic Ad
Nic Ad Nic Ad

सन्दीपको मुद्दाको सुनुवाइ सकियो

सोमबार, फागुन १५, २०७९

काठमाडौँ –क्रिकेटर सन्दीप लामिछानेको सुनुवाइ सकिएको छ ।

सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, अधिवक्ता सरोजकृष्ण घिमिरेका साथै सरकारको तर्फबाट सहन्यायधिवक्ता सञ्जीवराज रेग्मीसहितले बहस गरेसँगै सुनुवाइ सकिएको हो ।  यससँगै सर्वोच्चले आजै आदेश सुनाउने तयारी गरेको छ ।

 उच्च अदालतको आदेश विरुद्ध सन्दीप सर्वोच्च अदालत गएका थिए । यसअघि आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा बहस नसकिएपछि मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

नाबालिका बलात्कार अभियोगमा थुनामा रहेका सन्दीपलाई उच्च अदालतले धरौटीमा रिहा गरेको थियो । उनलाई धरौटीमा रिहा गर्दा उच्च अदालतले विदेश जान नपाउने, काठमाडौं छाडेर बाहिर जाँदा अनुमति लिनुपर्ने लगायतका शर्तहरू राखेको थियो । धरौटी रकम बढी भएको, विदेश खेल्न जान पाउनुपर्ने लगायतका माग राख्दै सन्दीप सर्वोच्च पुगेका हुन् ।

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १४:५६
प्रतिक्रिया दिनुहोस्