साल्ट ट्रेडिङ कर्पोरेसनले बोलायो साधारणसभा
काठमाडौँ –साल्ट ट्रेडिङ कर्पोरेसनको ५६औँ साधारणसभा आह्वान गरिएको छ ।
कम्पनी सञ्चालक समितिको १०४१औँ बैठकले साधारणसभा आह्वान गरेको हो । कम्पनीको कम्पनीको ५६औँ साधारणसभा १० चैतमा हुनेछ ।
सभामा कम्पनीले गत वर्षको नाफाबाट प्रस्ताव गरेको चुक्ता पुँजीको १० प्रतिशतले हुने २ करोड ५३ लाख ५३ हजार ११९ रुपैयाँबराबरको बोनस सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै, कम्पनी ऐन, २०६३ को दफा १०५ (१)को खण्ड (ख) बमोजिम ऋण सुविधा लिने स्वीकृत उपर छलफल पारित गर्ने भएको छ ।
सभामा आर्थिक वर्ष २०७८/०७९ को संचालक समितिको वार्षिक प्रतिवेदनको छलफल पारित गर्नेछ । साथै लेखापरिक्षण प्रतिवेदन सहित नाफा÷नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गर्नेछ ।
२०७९/०८०को लागि लेखापरीक्षण नियूक्त गर्ने र निजको पारिश्रमिक अनुमोदन गर्नेछ। साथै नगद लाभांश प्रस्ताव वितरण गर्ने स्वीकृति गर्ने, सञ्चालकको बैठक भत्ता र भ्रमण भत्तालगायत अन्य सुविधा र सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ७ जना सञ्चालक निर्वाचन गर्नेछ ।