Nic Ad Nic Ad
Nic Ad Nic Ad

विश्वकप लिग–२ : पपुवा न्यूगिनीले नेपाललाई दियो २०४ रनको लक्ष्य

सोमबार, फागुन १५, २०७९

काठमाडौँ –आइसिसी विश्वकप लिग–२ क्रिकेटमा पपुवा न्युगिनी (पिएनजी) ले नेपाललाई जितका लागि २०४ रनको लक्ष्य दिएको छ । 

युएईको दुबई रंगशालामा टस जितेर पहिला फिल्डिङ गर्ने नेपालको निर्णय पछि पिएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०३ रन बनाएको हो । 

पिएनजीका लागि कप्तान असद भालाले सर्वाधिक ३६ रन बनाए । नेपालका लागि गुल्सन झा ३, कुशल मल्ल २ र सोमपाल कामी तथा प्रतिश जिसीले १÷१ विकेट लिए ।

घरेलु मैदानमा भएको त्रिदेशीय सिरिज क्लिन स्विप गरेको नेपाल सोमबार उच्च मनोबलसहित पीएनजीविरुद्ध उत्रिएको छ ।

नेपालले विश्वकपको वरीयता जोगाउन शीर्ष ५ र छनोट हुन शीर्ष ३ भित्र रहनुपर्ने छ । त्यसका लागि बाँकी खेलमा नेपालले लगातार जित निकाल्नुपर्ने दबाब छ ।

अहिले २८ खेलमा २६ अंक जोडेको नेपाल छेटौँ स्थानमा छ । २८ खेलबाट ५ अंक जोडेको पीएनजी अन्तिम स्थानमा छ ।

नेपालले फागुन १८ गते घरेलु टोली युएई, १९ फागुनमा पीएनजी र २२ फागुनमा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्ने तालिका छ ।

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १५:५०
प्रतिक्रिया दिनुहोस्