Nic Ad Nic Ad
Nic Ad Nic Ad

राजनीति गर्ने भए फिल्डमा आउनुस् : मन्त्री खान

सोमबार, फागुन १५, २०७९

काठमाडौँ– खानेपानी मन्त्री अब्दुल खानले खानेपानी संस्थानलाई राजनीतिको अखडा नबनाउन आग्रह गरेका छन् । 

नेपाल खानेपानी संस्थानको ३४औँ वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले कर्मचारीलाई उचालेर राजनीति गर्दा संस्थामा चुनौती आएको भन्दै संस्थानलाई राजनीतिको अखडा नबनाउन आग्रह गरेका हुन् । 

राजनीति गर्ने भए फिल्डमा आउन कर्मचारीलाई चुनौती दिँदै उनले अनावश्यक राजनीति गरे संस्थालाई युनियनमुक्त बनाइदिने चेतावनी दिए । 

अहिले व्यक्तिगत स्वार्थका लागि नभएर सहज रूपमा खानेपानी सेवा उपलब्ध गराउन केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।

कर्मचारीको सेवा सुविधाका लागि विनियमावलीको फाइल अघि बढाउन निर्देशन दिएको र अघि बढेको भन्दै उनले अर्थ मन्त्रालय र मन्त्रिपरिषद्ले स्वीकृत नगरे आन्दोलन गर्न सुझाव दिए ।

त्यस्तै, उनले संस्थानलाई दिएको कर्तव्य पूरा गरे मात्रै अधिकारका लागि आन्दोलन गर्न सुहाउने धारणा राखे ।

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १६:३९
प्रतिक्रिया दिनुहोस्