Nic Ad Nic Ad
Nic Ad Nic Ad

पार्किङ हटाएको विरोधमा दरबारमार्गका व्यवसायी आन्दोलित

सोमबार, फागुन १५, २०७९

काठमाडौँ –काठमाडौंको दरबारमार्गमा सवारी साधन पार्किङ हटाएको विरोधमा व्यवसायीहरूले प्रदर्शन गरेका छन् ।

व्यवसायीहरूले सोमबार पसल बन्द गररी प्रदर्शन गरेका हुन् । दरबारमार्ग विकास बोर्डले पार्किङ  गर्न निषेध गरेपछि उनीहरू प्रदर्शन गरेका हुन् । बोर्डले दरबारमार्ग क्षेत्रमा एक लाइन सवारी पार्किङ गर्न दिनुपर्ने माग राखेका छन् ।

काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरी दरबारमार्गबाट पार्किङ हटाएको थियो । गत पुसदेखि दरबारमार्गमा पार्किङ बन्द गरिएको छ ।

व्यवसायीहरूले एक घन्टा पसल बन्द गरेर प्रदर्शनान उत्रेका हुन् । सवारी पार्किङ पूर्ण रूपमा बन्द गर्दा दरबारमार्गमा व्यापार व्यवसायमा प्रभावित गरेको भन्दै व्यवसायीहरूले पटक–पटक आन्दोलन गर्दै आएका छन् ।।
 

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १७:४९
प्रतिक्रिया दिनुहोस्