Nic Ad Nic Ad
Nic Ad Nic Ad

पार्किङ्ग हटाएको भन्दै दरबारमार्गका व्यापारीको विरोध प्रदर्शन

सोमबार, फागुन १५, २०७९

काठमाडौँ– काठमाडौँको दरबारमार्ग क्षेत्रका व्यवसायीहरुले पार्किङ्ग हटाएको भन्दै विरोध प्रदर्शन गरेका छन् ।

सोमवार दरबारमार्ग क्षेत्रका व्यवसायीहरुले आफ्ना पसलका सटरहरु बन्द गरेर कालो ब्यानर राख्दै सडक प्रदर्शनमा उत्रेका हुन् ।

लामो समयदेखि एकतर्फी पार्किङ्गगर्ने व्यवस्थालाई उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ महानगरले पहिले सञ्चालन भइरहेको पार्किङ्ग हटाएपछि विरोध गरेका हुन् ।

दरबारमार्ग विकास बोर्डका सचिव उद्धव ढकालले महानगर जबरजस्ती पार्किङ्ग हटाएसँगै दरबारमार्गको व्यापारी ६० प्रतिशतले गिरावट आएकाले विरोध गर्न बाध्य भएको बताए ।

ढकालले दरबारमार्गका व्यवसायीहरुले महानगरलाई प्रत्येक महिना ९ करोड रुपैयाँ बुझाउने र हजारौंलाई रोजगारी दिएपनि महानगरले पार्किङ्ग हटाएकाले व्यवसाय धरासाही बनेको बताए । उनले दबारमार्गको एकतर्फि पार्किङ्ग कायम गर्नुपर्ने बताए । उनले महानगरले पार्किङको विकल्प नदिएसम्म निरन्तर आन्दोलन गर्ने बताए । 

व्यवसायी किरण गुरुङले दरबारमार्ग नेपालको मिटिङ प्वाइन्ट र राजधानीको अनुहार भएको बताए । उनले महानगरले विकास बोर्डलाई कुनै खबर नगरी अचानक बन्द गरेको आरोप लगाए । 

महानगरले ट्राफिक प्रहरीसँग मिलेर १९ पुसदेखि दरबारमार्ग क्षेत्रमा पार्किङ्ग गर्न निषेध गरेको छ । पार्किङ्ग नभएपछि व्यवसायीहरुले सटरभाडा समेत व्यवसायीरुले महानगरसँग वार्ता गर्ने भनेपनि महानगरले बेवास्ता गरेको उनीहरुको आरोप छ ।  

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  २०:४७
प्रतिक्रिया दिनुहोस्