Nic Ad Nic Ad
Nic Ad Nic Ad

१२ वर्षपछि इजिप्टका शीर्ष कूटनीतिज्ञ सिरिया भ्रमणमा

मंगलबार, फागुन १६, २०७९

दमास्कस– इजिप्टका विदेशमन्त्री सामेह शौकरीले सिरियाली राष्ट्रपति बसर अल–असदलाई सोमबार दमास्कसमा भेटेका छन् । यो भेट करिब १२ वर्षअघि सिरियाली गृहयुद्ध सुरु भएयता इजिप्टका शीर्ष कूटनीतिज्ञको तहबाट भएको सिरियाको पहिलो भ्रमण हो ।

सो अवसरमा शौकरीले इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीको सन्देश सुनाएका थिए । सो सन्देशमा विनाशकारी भूकम्पको सामना गरिरहेको सिरियाप्रति दुःख व्यक्त गरिएको छ । 

शौकरीले इजिप्टका राष्ट्रपतिले दुई देशबीचको सम्बन्धलाई बढावा दिन र नयाँ चरणमा विकास गर्न इच्छुक रहेको धारणा सार्वजनिक गरेका छन् । उनले सिरिया–इजिप्ट सम्बन्धलाई अरब देशहरूको रक्षाका लागि एक आवश्यक स्तम्भको रूपमा अथ्र्याउँदै इजिप्ट सिरिया र त्यहाँका जनतालाई सहयोग गर्न सधैं तयार रहको उल्लेख गरेका छन् । 

यही फेब्रुअरी ६ मा गएको शक्तिशाली भूकम्पले टर्की र सिरियामा जनधनको ठूलो क्षति भएको छ ।  

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  ०६:०१
प्रतिक्रिया दिनुहोस्