नेभिगेशन
विश्व

चीन भ्रमणमा जाँदै बेलारुसी राष्ट्रपति 

बेइजिङ– चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा बेलारुसका राष्ट्रपति अलेक्जेन्डर ग्रिगोरेभिच लुकासेन्कोले आजदेखि बिहीबारसम्म चीनको राजकीय भ्रमण गर्नेछन् ।

सन्  १९५४ अगस्ट ३० मा बेलारुसको भिटेब्स्क जन्मिएका लुकासेन्कोले कुलेशोभ मोगिलेभ स्टेट पेडागोजिकल इन्स्टिच्युट र बेलारुसी कृषि एकेडेमीबाट स्नातक गरेका छन् । उनी बेलारुस गणतन्त्रको सर्वोच्च परिषद्को उपसभापति र बेलारुसी संसद्को भ्रष्टाचार विरोधी समितिको अध्यक्ष थिए ।

सन् १९९४ जुलाईमा लुकासेन्को बेलारुसी इतिहासमा पहिलो राष्ट्रपति चुनिएका थिए । उनी सन् २००१, २००६, २०१०, २०१५ र २०२० मा राष्ट्रपति पदमा पुनःनिर्वाचित भएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन