कांग्रेस उपसभापति खड्का भन्छन्–सरकारमा जान कुनै दाबी छैन
काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकारमा जान आफ्नो दाबी नरहेको बताएका छन् ।
खड्काले पुस १० मा तत्कालीन ५ दलीय गठबन्धन भत्किएको र त्यसलाई पुनस्र्थापित गर्ने सोही दिन गरिएको संकल्पलाई पूरा गरिएको भन्दै अब सरकारमा जाने आफ्नो दाबी नभएको बताएका हुन् ।
खड्काले ट्वीट गर्दै भनेका छन्, ‘पुस १० गते भत्काइएको गठबन्धनलाई पुनःस्थापित गर्ने त्यही दिन राति गरेको संकल्पलाई लगभग पूरा गरिएको छ । अब मेरो दाबी कुनै कुरामा छैन । मेरो नाम अरूसँग जोडेर सरकारमा जाने दाबी गरिएको भनेर कृपया मिडियामा र सामाजिक सञ्जालमा बहसको विषय बनाएर मलाई अन्याय नगरीदिनुहोस् ।’
प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९ १०:४१
प्रतिक्रिया दिनुहोस्