नेभिगेशन
समाज विविध

विद्युत्सम्बन्धी जानकारी दिन प्राधिकरणको ‘एनईए एप’

काठमाडौँ–नेपाल विद्युत् प्राधिकरणले मोबाइल एप ‘एनईए एप’ सञ्चालनमा ल्याएको छ ।

ग्राहकलाई सरल र सहज सेवा प्रदान गर्ने तथा गुनासो समेत व्यवस्थापन गर्न सजिलो हुने गरी मोबाइल एप सञ्चालनमा ल्याएको प्राधिकरणले जनाएको छ । यो एप प्रयोगका लागि मोबाइलको ‘प्ले स्टोर’ वा एप स्टोरमा गएर ‘एनईए अफिसियएल एप’ सर्च गरी डाउनलोड गर्न सकिनेछ ।

यो एपबाट मिटर रिडिङ, बिलिङ, महसुल भुक्तानी, चार्जिङ स्टेशनको जानकारी साथै विद्युत् आपूर्तिसम्बन्धी जानकारी दिइने प्राधिकरणले जनाएको छ ।
 

electricity_f4NsL5dsTT1677561088.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा