Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘छक्का पञ्जा–४’ र ‘छड्के–२’को प्रि–बुकिङ खुल्यो

मंगलबार, फागुन १६, २०७९

काठमाडौँ –शुक्रबार रिलिज हुने २ वटा नेपाली चलचित्र ‘छक्का पञ्जा–४’ र ‘छड्के–२’को प्रि–बुकिङ खुला भएको छ । मल्टिप्लेक्सहरूले सोमबारदेखि बुकिङ खुला गरेका हुन् । 

मल्टिप्लेक्स चेन क्यूएफएक्समा दुवै चलचित्रले राम्रो शो पाएका छन् । मंंगलबार बिहानसम्म क्यूएफएक्समा ‘छक्का पञ्जा–४’ले ५३ शो पाएको छ । ‘छड्के–२’लाई ३९ शो दिइएको छ । ‘छक्का पञ्जा–४’ले ‘छड्के–२’भन्दा १४ शो बढी पाएको छ । 

‘छक्का पञ्जा–४’लाई हेमराज बिसीले निर्देशन गरेका छन् । ‘छड्के–२’ निगम श्रेष्ठ निर्देशित सिनेमा हो । । ‘छक्का पञ्जा–४’मा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशीलगायत कलाकार मुख्य भूमिकामा छन् । 

‘छड्के–२’ अनमोल केसी, रोविन तामाङ, कमलमणि नेपाललगायत कलाकार मुख्य भूमिकामा छन् । 

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १२:४३
प्रतिक्रिया दिनुहोस्