Nic Ad Nic Ad
Nic Ad Nic Ad

आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट : मलेसिया ७२ रनमै अलआउट

मंगलबार, फागुन १६, २०७९

काठमाडौँ –आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटको चौथो खेलमा मलेसिया ७२ रनमै अलआउट भएको छ । स्पिनर दिपेश कंडेलको उत्कृष्ट बलिङमा मलेसियाले ३५.३ ओभरमा मात्र ७२ रन बनाउन सकेको छ ।

यूएईको मलेक क्रिकेट मैदान अज्मानमा जारी खेलमा टस हारेपछि फिल्डिङमा आएको नेपालले दीपेशको चार विकेटको मद्दतमा मलेसिया ७२ रनमै समेटिँदा नेपालले ७३ रनको लक्ष्य पाएको हो ।

मलेसियालाई सस्तैमा समेट्न दीपेशले चार विकेट लिए । १० ओभर बलिङ गरेका दीपेशले चार मेडन राख्दै ११ रनमात्र खर्चिए । आफ्नो स्पेलको कुल ६० बलमध्ये दीपेशले ५३ डट बल फ्याके । मिलन बोहराले दुई विकेट लिँदा सुवास भन्डारी र आकाश चन्दले समान एक विकेट लिए ।

छनोटमा नेपालको यो चौथो खेल हो । नेपालले यसअघि प्रतियोगिताो पहिलो खेलमा सिंगापुरलाई ९६ रनले दोस्रो खेलमा कुवेतलाई २४३ रनले र तेस्रो खेलमा हङकङलाई नौ विकेटले पराजित गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १३:१८
प्रतिक्रिया दिनुहोस्