Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन : भोलिदेखि आचारसंहिता लागू हुँदै [ विज्ञप्तिसहित ]

मंगलबार, फागुन १६, २०७९

काठमाडौँ –२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि बुधबारबाट आचारसंहिता लागू हुने भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार विज्ञप्ति जारी गर्दै राष्ट्रपतीय निर्वाचनका लागि बुधबारदेखि निर्वाचन आभारसंहिता लागू हुने जनाएका छन् । आचारसंहिता ५ चैतसम्म लागू रहनेछ ।

‘राष्ट्रपति र उपराष्ट्रति दुवै पदको निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ’। आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

आचारसंहिता नेपाल राजपत्रमा प्रकाशन भइसकेको छ । २५ फागुनमा राष्ट्रपतिको र ३ चैतमा उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । निर्वाचनका संघीय संसदमा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कुल ८८२ मतदाता छन् । 

राष्ट्रपतिमा ८ दलको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवास चन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् । 

आचारसंहिता कसलाई लाग्छ ?

(क) नेपाल सरकार र नेपाल सरकारका मन्त्री, 

(ख) प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, 

(ग) संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, 

(घ) सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, 

(ङ) सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी, 

(च) राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन, 

(छ) उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधि, 

(ज) राजनीतिक दल तथा उम्मेदवारको मतदान एवम् मतगणना प्रतिनिधि, 

(झ) सार्वजनिक पद धारण गरेको व्यक्ति, 

(ञ) सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी, 

(ट) मतदाता

Press Statement 11-1616775676641677570141.jpg

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १३:२५
प्रतिक्रिया दिनुहोस्