नेभिगेशन
विश्व

तालिबान सेनाको कारबाहीमा इस्लामिक स्टेट्सका कमाण्डर मारिए

काबुल– अफगानिस्तानको राजधानीमा कूटनीतिकनियोगहरू विरुद्ध हमला गर्ने योजना बनाएको कथित इस्लामिक स्टेट्स कमाण्डरलाई तालिबान सेनाले मारेको एक सरकारी अधिकारीले बताएका छन् । अगस्ट २०२१ मा तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा हिंसा नाटकीय रूपमा घटेको छ ।

तालिबान सेनाले आइएसका क्षेत्रीय गुप्तचर तथा सञ्चालन प्रमुख कारी फतेहलाई आइतबार राति गरेको एक कारबाहीको क्रममा मारिएका तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले एक विज्ञप्तिमा भनेका छन् ।

फतेहले ‘काबुलमा कूटनीतिक नियोगहरू, मस्जिदहरू र अन्य लक्ष्यहरू विरुद्धको हालैका कारबाहीहरू प्रत्यक्ष रूपमा मास्टरमाइन्ड गरेका थिए,’ मुजाहिदले विज्ञप्तिमा थप जानकारी दिएका छन् । 

काबुलको खैर खाना क्षेत्रमा रहेको अर्को कारबाहीमा एक अन्य आइएस सदस्य मारिएको विज्ञप्तिमा जनाइएको छ । उक्त छिमेकका बासिन्दाहरूले आइतबार राति ठूलो आवाजमा गोली चलेको जानकारी दिएका थिए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन