इलाममा ४.३ म्याग्नेच्यूटको भूकम्प
इलाम –इलामको सन्दकपुर गाउपालिकास्थित माइमझुवालाई केन्द्र बनाएर भूकम्प गएको छ ।
मंगलबार बिहान १० बजेर ३ मिनेटमा गएको भूकम्पको कम्पन इलामसँगै पाँचथरका केही भूभाग महसुस भएको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.३ म्याग्नेच्युटको भूकम्पको केन्द्र सन्दकपुर गाउँपालिकाको माइमझुवा रहेको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९ १४:२७
प्रतिक्रिया दिनुहोस्