Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रपतिले दलीय प्रतिनिधित्व गर्नुहुँदैन : सिके राउत

मंगलबार, फागुन १६, २०७९

काठमाडौँ– जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले अबको राष्ट्रपतिले कुनै दलको प्रतिनिधित्व नझल्किने गरी काम गर्न सक्नुपर्ने बताएका छन् । 

मंगलबार काठमाडौँमा सञ्चारकर्मीसँग कुरा गर्दै राउतले सरकारले गरेको कामकारबाहीलाई सहयोग गर्ने, सरकारले पठाएका विधेयकलाई अघि बढाउने र दलको प्रतिनिधित्व नझल्किने गरी अबको राष्ट्रपतिले काम गर्नुपर्ने बताए ।

यसअघि नागरिकता जस्ता दुवै सदनबाट पारित भइसकेका विधेयक राष्ट्रपति कार्यालयमा अड्काएर राखेकै कारण लाखौँ युवा नागरिकताविहीन हुन पुगेको उनको भनाइ छ ।

राउतले राष्ट्रपति र सभामुख एउटै पार्टीको हुँदा निरंकुशता जन्माउने आधार रहेकाले आफ्नो पार्टीले कांग्रेस उम्मेदवारलाई समर्थन गरेको जानकारी दिए ।

उनले अहिले पनि माओवादीकै नेतृत्वमा सरकार रहेकाले सरकार छाड्ने कुनै योजना नरहेको पनि बताए ।

अन्य पार्टीका विभिन्न कारण रहे पनि जनमत पार्टीका लािग सरकार छाड्ने परिस्थिति नबनेको उनले बताए ।

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १४:४२
प्रतिक्रिया दिनुहोस्