Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्रीलाई थप ८ मन्त्रालयको जिम्मा

मंगलबार, फागुन १६, २०७९

काठमाडौँ –प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई थप ८ वटा मन्त्रालयको भार परेको छ । एमालेका मन्त्रीहरूले सरकारबाट फिर्ता भएपछि उनीहरूले सम्हाल्दै आएका ८ वटा मन्त्रालयको जिम्मा पनि प्रधानमन्त्री प्रचण्डको काँधमा थपिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नेपालको संविधानले गरेको व्यवस्था अनुसार थप मन्त्रालयको कार्यभार पनि प्रधानमन्त्रीलाई तोकेकी हुन् । एमालेले अर्थ, कृषि तथा पुशपंक्षी,उद्योग बाणिज्य तथा आपुर्ति, भूमि व्यवस्था तथा सहकारी, परराष्ट्र, स्वास्थ्य, महिला बालबालिका र रक्षा मन्त्रालय पाएको थियो । ती सबै मन्त्रालय प्रधानमन्त्रीको जिम्मा प्रधानमन्त्रीमाथि थपिएको हो ।

यसअघि राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी समेत सरकारबाट बाहिरिएकाले प्रधानमन्त्री प्रचण्डसँग अहिले १६ मन्त्रालय छन् ।

मन्त्रीको कार्यभार_विज्ञप्ति_2079-11-1616775732311677575141.jpg


 

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १४:४९
प्रतिक्रिया दिनुहोस्