Nic Ad Nic Ad
Nic Ad Nic Ad

बैरागी र पराजुलीलाई ‘वानीरा पुरस्कार’

मंगलबार, फागुन १६, २०७९

काठमाडौँ– प्रसिद्ध साहित्यकारद्वय बैरागी काइँला र गोपाल पराजुलीलाई ‘वानीरा प्रज्ञा पुरस्कार’ प्रदान गरिने भएको छ ।

साहित्यकार डा। वानीरा गिरीको स्मृतिमा स्थापित उक्त पुरस्कारको राशि १ लाख ५० हजार रुपैयाँ छ ।

काइँलालाई १ लाख र पराजुलीलाई ५० हजार रुपैयाँ पुरस्कार राशिसहित सम्मान गर्न लागिएको फाउन्डेसनले जनाएको छ । 

वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक शंकर गिरीको उपस्थितिमा अध्यक्ष इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको वानीरा फाउन्डेसनको बैठकले उक्त निर्णय गरेको हो ।

डा। वानीरा गिरीको ८०औँ जयन्तीका अवसरमा आगामी वैशाख १० गते काठमाडौँमा पुरस्कार प्रदान गरिने फाउन्डेसनका सदस्यसचिव नगेन्द्रराज प्रसाईंले जानकारी दिए ।
 

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १५:२८
प्रतिक्रिया दिनुहोस्