Nic Ad Nic Ad
Nic Ad Nic Ad

जाजरकोटमा १० शय्याको अस्पताल बन्दै

मंगलबार, फागुन १६, २०७९

जाजरकोट– शिवालय गाउँपालिकामा १० शय्याको अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ ।

गाउँपालिकाको प्रशासकीय केन्द्रभित्र ९ करोड ९२ लाख रुपैयाँ लागतमा निर्माण गरिएको उक्त अस्पताल आर्थिक वर्ष २०७९÷८० को असार मसान्तभित्र निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बाँठाले जानकारी दिए ।

गाउँपालिकाको केन्द्रमा पर्ने गरी वडा– ३ मा निर्माण भइरहेको यो अस्पताल पूरा भएपछि सर्वसाधारणले सामान्य उपचार गर्न बाहिर जानुपर्ने बाध्यता हट्ने गाउँपालिकाकी उपाध्यक्ष गीता शाहीले बताइन् । 

प्रत्येक वडामा स्वास्थ्य संस्था निर्माण जारी राखेको यस गाउँपालिकाले ९ वटै वडामा सडक सञ्जालले जोड्ने कामसमेत जारी राखेको छ ।

सबै वडामा सडकको पहुँच विस्तार भएसँगै अस्पताल आउन र जानसमेत सहज हुने विश्वास लिएको उपध्यक्ष उनले उल्लेख गरे । 

अहिले पालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेकाले वडामा रहेका स्वास्थ्य संस्थाबाट सिफारिस गरिएका बिरामीलाई बाहिर उपचारका लागि लैजान सहज भएको बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १५:३७
प्रतिक्रिया दिनुहोस्