Nic Ad Nic Ad
Nic Ad Nic Ad

माध्यमिकी परिक्रमा यात्री महोत्तरीबाट धनुषातर्फ

मंगलबार, फागुन १६, २०७९

महोत्तरी– मिथिला माध्यमिकी परिक्रमाका यात्रीले महोत्तरीको यात्रा पूरा गरेका छन् । 

यात्राको चौथो दिन मटिहानीबाट महोत्तरी प्रवेश गरेका यात्रीले सोमबार कञ्चनवन रात्रिबास सकेर आज बिहान महोत्तरीबाट धनुषा प्रवेश गरेका हुन् ।

यात्रको चौथो दिन मटिहानी, पाँचौँ दिन जलेश्वर, छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनको बास महोत्तरीमा गरिने परम्परा छ ।

यसै परम्पराअनुसार १५ दिने यो यात्राका यात्री आज बिहान कञ्चनवनबाट नवौँ दिनको विश्रामका लागि धनुषाको पर्वतातर्फ प्रस्थान गरेका हुन् ।

फागुन औँसीका दिन धनुषाको कचुरीस्थित श्री मिथिलाविहारी मन्दिरबाट श्रीराम र जनकपुरधामस्थित श्री अग्निकुण्ड मठबाट सीताजीको डोला मिसाई सुरु भएको यात्राको पहिलो बास धनुषाकै हनुमानगढीमा भएको थियो ।

अब यात्री नवौँ, १०औँ, ११औँ र १२औँ दिनको बास धनुषाको पर्वता, धनुषाधाम, सतोषर र औरीमा गरी भारतको मधुवनी जिल्लामा पर्ने करुणामा १३औँ दिनको बासका लागि पुग्नेछन् ।

त्यसैगरी, १४औँ दिनको रात्रिबास पनि मधुवनीकै बिसौलमा गरेपछि यात्रीको लस्कर अन्तिम अर्थात् १५औँ दिनको रात्रिबासका लागि धनुषाको जनकपुरधामस्थित रंगभूमि मैदान पुग्नेछ ।

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १५:५७
प्रतिक्रिया दिनुहोस्