नेभिगेशन
समाज विविध

जसले २२ वर्षदेखि केही बिर्सेकी छैनन्

काठमाडौँ– तपाईंलाई भनेको कुरा कति दिनसम्म सम्झन सक्नुहुन्छ ?

केही कुराहरू लामो समयसम्म सम्झनामा रहन्छन् । तर, दैनिक जीवनमा हामीले जति भोग्छौँ, सबै कुरा सम्झनामा आउँदैनन् । हाम्रो मेमोरीले धेरै कुरा सम्झिँदैन ।

हामीलाई लाग्छ– कुनै कुरा मोबाइलमा भएको मेमोरीमा जस्तै रहून् । जतिबेला जुन सम्झानाको कोसेली चाहिन्छ, त्यही फुकाऊँ र हेरौँ, अथवा अरूसँग त्यो मेमोरीको बयान गरौँ । तर, त्यस्तो हुँदैन ।

हामी पनि चाहन्छौँ कि हाम्रो बाल्यकालका र कुनै रमाइला क्षण सम्झना गरौँ, त्यतिबेलाको यादलाई ‘रिप्ले’ गरौँ । तर, सबैले त्यसो गर्न सक्दैनौँ । 

तपाईँलाई विश्वास नलाग्न सक्छ, संसारमा यस्ता पनि मानिस छन्, जसले आफ्नो १४ वर्षको उमेरदेखिका केही पनि कुरा बिर्सेको छैन ।

हामी चाहेर पनि सम्झन सक्दैनौँ, तर उनले चाहेर पनि बिर्सिन सकेकी छैनन् ।

सन् २००० देखि उनलाई यस्तो समस्या भएको हो । २२ वर्षसम्म उनको मेमोरीमा सबै कुरा ताजै छन् । 

ती महिलाको स्मरण शक्ति तेज हुनुको कारण जडीबुटी वा भगवान्को वरदान होइन । वास्तवमा उसलाई अर्कै प्रकारको रोग छ, जसले उनलाई केही पनि बिर्सिन दिँदैन । 

हामीले अस्पष्ट रूपमा सम्झने क्षण उनले तिनीहरूलाई फ्रेममा विस्तारमा बताउन सक्छिन् । ती महिलाको नाम जिल प्राइस हो र उनलाई यो वरदान लाग्दैन, बरु यसबाट उनी चिन्तित छिन् ।

जिल प्राइसले १४ वर्षको उमेरदेखि नै केही बिर्सेकी छैनन् । जिल प्राइसका अनुसार उनी सबै कुरा जस्ताको तस्तै सम्झिन सक्षम छिन् ।

सन् २००० देखि उनको मस्तिष्क वैज्ञानिकहरूका लागि अनुसन्धानको विषय बनेको छ । युनिभर्सिटी अफ क्यालिफोर्निया–इर्विनका अनुसन्धानकर्ताले यसको अध्ययन गरिरहेका छन् ।

हाइपरथाइमेसिया सिन्ड्रोम नामक विशेष अवस्थाका कारण महिलाको मस्तिष्क धेरै तिखो हुन्छ । यस सिन्ड्रोमलाई उच्च आत्मकथात्मक मेमोरी पनि भनिन्छ, जसले बिरामीलाई आफ्नो जीवनका सबै अनुभव सम्झिने क्षमता दिन्छ ।

जिल प्राइस यो समस्या भएको पहिलो व्यक्ति होइनन् । यो सिन्ड्रोम विश्वभर कुल ६० जना मानिसमा पाइन्छ ।

जिल प्राइस भन्छिन् कि उनलाई १४ वर्षको उमेरदेखि अहिलेसम्मका सबै कुरा याद छ । उनी आजसम्मका साना–ठुला हरेक घटना सम्झिन सक्छिन्, चाहे त्यो राम्रो होस् या नराम्रो ।

मनमा धेरै दबाब नआओस् भनेर उनी अहिले आफ्ना सम्झनाहरू लेख्छिन् । उनले यससँग सम्बन्धित किताब पनि लेखेकी छिन्– ‘द वुमन, हु कान्ट फरगेट’ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध