नेभिगेशन
मनोरञ्जन

पललाई भाइरल हुने ध्याउन्न छाड्न राजेश पायलको सुझाव

काठमाडौँ– गायक राजेशपायल राईले अभिनेता पल शाहले नेपाली माटोको कथा बोकेको चलचित्रमा काम गर्नुपर्ने बताएका छन् । 

मंगलबार काठमाडौँ आएका अभिनेता शाहलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न पुगेका उनले यस्तो बताएका हुन् । 

गायक राईले अभिनेता शाहलाई आगामी दिनमा नेपाली माटो परिवेशका चलचित्रका कथामा अभिनय गरेर अघि बढ्न सुझाव दिए ।

उनले अभिनेता शाहले चलचित्र र गीत संगीतमा भाइरल हुने भन्दा पनि चलचित्र र गीत, संगीत उद्योगलाई टेवा पुग्ने अभिनय गर्न सुझाव दिए ।

सोमबार तनहुँको कारागारबाट छुटेपछि पोखरा पुगेका अभिनेता शाह आज काठमाडौँ आएका हुन् । काठमाडौँ आउने क्रममा फ्यान र सिने पत्रकारहरूले घेर्दा विमानस्थलको आन्तरिक टर्मिनल भवनबाहिर अस्तव्यस्त भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन