Nic Ad Nic Ad
Nic Ad Nic Ad

चितवन–२ उपनिर्वाचनमा १८ दलले भाग लिने [सूचीसहित]

मंगलबार, फागुन १६, २०७९

काठमाडौँ– आगामी वैशाख १० गतेका लागि तोकिएको चितवन– २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि १८ वटा दल दर्ता भएका छन् ।

नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सबन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दर्ता भएका १८ वटा दलले चितवन– २ मा हुने उपनिर्वाचनमा सहभागी हुने भएका छन् ।

सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता प्रकरणमा दोषी ठहर भएपछि उनको पद खारेज भएको थियो ।

नेपालको संविधानको धारा ८४ को उपधारा ७ मा प्रतिनिधिसभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो, सोही प्रक्रियाद्वारा पूर्ति गरिने व्यवस्था छ ।

यी दलले गराए दर्ता–

chitwan-2_dal-darta1677591175.jpg

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १९:१४
प्रतिक्रिया दिनुहोस्