श्रीलङ्काले निजी कम्पनीलाई जेट इन्धन उपलब्ध गराउने
कोलम्बो– श्रीलङ्काको मन्त्रिपरिषद्ले सरकारी स्वामित्वको पेट्रोलियम वितरकले माग पूरा गर्न नसकेपछि निजी कम्पनीहरूलाई जेट ए–१ उड्डयन इन्धन उपलब्ध गराउने प्रस्तावलाई स्वीकृत गरेको छ ।
सरकारका प्रवक्ता बन्दुला गुणवर्द्धनाले मङ्गलबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै जेट ए–१ उड्डयन इन्धन हाल सिलोन पेट्रोलियम कर्पोरेशन ९सीपीसी० ले विमानलाई आपूर्ति गरिरहेको बताएका छन् ।
विगत वर्षमा देशकै जेट ए–१ इन्धन उत्पादन हुने सपुगास्कण्ड आयल रिफाइनरीको सञ्चालन विदेशी मुद्रा अभावका कारण अवरुद्ध भएको गुणवर्द्धनेले बताएका छन् ।
विदेशी मुद्रा सञ्चिति अभावका कारण जेट ए(१ इन्धन आयात गर्नु पनि सीपीसीका लागि निकै ठूलो चुनौती रहेको उनले बताएका छन् ।
पछिल्ला महिनाहरूमा पर्यटक आगमन बढेका कारण श्रीलङ्का आउने विमानको सङ्ख्यामा वृद्धि भएको छ ।
साथै श्रीलङ्काले कार्गो र यात्रुवाहक हवाइजहाजका लागि जेट ए–१ इन्धनको निरन्तर आपूर्ति सुनिश्चित गर्न आवश्यक रहेकाले सो निर्णय लिइएको प्रवक्ताको भनाइ छ ।