नेभिगेशन
सुरक्षा–अपराध

कांग्रेस सांसद टेकबहादुर गुरुङ्गसहित ९ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

पूर्वमन्त्री बद्री न्यौपाने समेतलाई दोषी ठहर

काठमाडौँ– विशेष अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरुङ, पूर्वमन्त्री बद्री न्यौपानेसहित ९ जनालाईलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । 

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले मनाङबाट प्रतिनिधिसभामा निर्वाचित भएका गुरुङसहित नौ जनालाई दोषी ठहर गरेको हो ।

दोषी ठहर हुनेमा तत्कालीन महिला बालबालिका तथा समाज कल्याणमन्त्री तथा समाज कल्याण परिषद्का अध्यक्ष बद्रीप्रसाद न्यौपाने, उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्जबिहारीप्रसाद चौधरी, सदस्यहरु सचिव रवीन्द्रकुमार यादव, मोहनराज शर्मा र मदनकुमार लाल कर्ण रहेका छन् ।

त्यसैगरी फनपार्क प्रमुख सञ्चालक रवीन्द्र गुरुङ र मेला सञ्चालक टेकबहादुर गुरुङलाई समेत अदालतले दोषी ठहर गरेको छ । फैसलामा पूर्वमन्त्री बद्री न्यौपाने समेतलाई दोषी ठहर गरेको छ ।

२०७५ माघ २१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ जनाविरुद्ध मुद्दा दायर गरेकोमा ५ जनालाई सफाई, ९ जनालाई आंशिक दोषी ठहर गरेको हो ।

bisesh adalat1677597890.JPG

भृकुटीमण्डपस्थित फनपार्क सञ्चालन गर्न सस्तो भाडामा दिएर भ्रष्टाचार गरेको अभियोगमा उनीहरुलाई अदालतले दोषी ठहर गरेको हो । विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार दोषी ठहर गरिएका व्यक्तिहरुमाथि फागुन २५ गते सजाय तोकिने छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ