नेभिगेशन
विश्व

भारतको जिडिपी वृद्धिदर ४.४ प्रतिशतले घट्यो

नयाँ दिल्ली– भारतको आर्थिक वृद्धि दर (जिडिपी) सन् २०२२ को चौथो त्रैमासिकमा ४.४ प्रतिशतमा झरेको छ । 

तथ्यांक र कार्यक्रम कार्यान्वयन मन्त्रालयको संघीय राष्ट्रिय तथ्यांक कार्यालय (एनएसओ) द्वारा मंगलबार जारी गरिएको तथ्यांकले गत अक्टोबरदेखि डिसेम्बरमा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धि जुलाईदेखि सेप्टेम्बरमा ६‍.३ प्रतिशतबाट ४.४ प्रतिशतमा झरेको देखाएको छ ।

सरकारले जारी गरेको दोस्रो अग्रिम अनुमानअनुसार भारतको जिडिपी आर्थिक वर्ष २०२२–२३ का लागि ७ प्रतिशतले बढ्न सक्ने अनुमान छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन