नेभिगेशन
समाज विविध
आजको मौसम :

देशका पहाडी भागमा चट्याङसहित हल्का वर्षा, उच्च पहाडी क्षेत्रमा हिमपात

काठमाडौँ– आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यस्तै, देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

यसैगरी, देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ । 

आज राति गण्डकी,  कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाको अनुमान छ ।  

साथै, यी तीन प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध