युएई घरेलु मैदानमा पिएनजीसँग फराकिलो अन्तरले पराजित
काठमाडौँ– आइसिसी क्रिकेट विश्वकप लिग– टू अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएईर्) पपुवा न्यू गिनी(पिएनजी)सँग पराजित भएको छ । पहिलो खेलमै घरेलु टोली पराजित भएको हो ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा युएई १३१ रनको फराकिलो अन्तरले पराजित भएको हो ।
पिएनजीले दिएको २६३ रनको लक्ष्य पछ्याएको युएईले ३४.२ ओभरमा सबै विकेट गुमाएर १३१ रन मात्र बनाउन सक्यो ।
यसअघि पहिले ब्याटिङ गरेको पिएनजीले ४९.१ ओभरमा अलआउट हुँदै २६२ रन बनाएको थियो ।
यो जितसँगै पिएनजीको ३० खेलमा ७ अंक भएको छ । पिएनजी अंक तालिकाको पुछारमा रहेको छ ।
युएई २९ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल छैटौँ स्थानमा रहेको छ ।
प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९ ०७:१०
प्रतिक्रिया दिनुहोस्