नेभिगेशन
समाचार

प्रतिनिधिसभाको बैठक १ बजे बस्दै

के–के छन् कार्यसूची ?

काठमाडौँ– संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । 

आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने संसद् सचिवालयले जनाएको छ ।

‘सभामुखले नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेको व्यहोरा प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २१२ को (१) बमोजिम जानकारी गराउनु हुने, राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अनुगमन तथा मूल्यांकन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रश्तुत गर्नुहुनेछ,’ संसद् सचिवालयले आज जारी सूचनामा भनिएको छ ।

यस्तै, बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी

(पहिलो संशोधन) विधेयक, २०७९ लाई प्रश्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रश्तुत गर्ने कार्यसूची छ । 

यसैगरी, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ प्रश्तुत गर्ने पनि कार्यसूची रहेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार