केपी ओली कप फुटबलको फाइनल आज
काठमाडौँ– केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपअन्तर्गत आज फाइनल खेल हुँदैछ ।
खेल दिउँसो ३ बजे दशरथ रंगशालामा सुुरु हुनेछ । फाइनल खेलमा सातदोबाटो क्लब र मच्छिन्द्र फुटबल क्लवबीच प्रतिष्पर्धा हुनेछ ।
नेकपा (एमाले) निकट युवा संघको आयोजनामा भइरहको खेलकोमा विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १ लाख नगद पाउनेछन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीले ५० हजार हात पार्नेछन् ।
प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९ ०९:३२
प्रतिक्रिया दिनुहोस्