मोरक्को तथा पिएसजीका डिफेन्डर हकिमीमाथि बलात्कारको आरोप, प्रहरीले लिएन उजुरी
काठमाडौँ– मोरक्को राष्ट्रिय फुटबल टोली तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का डिफेन्डर अच्राफ हकिमीलाई बलात्कारको आरोप लागेको छ ।
यी २४ वर्षीय डिफेन्डरमाथि २४ वर्षकै एक महिलामाथि बलात्कार गरेको आरोप लागेको छ ।
ती महिलाले गत फेब्रुअरी २५ मा हकिमीले आफूलाई घरमै बलात्कार गरेको आरोप लगाएकी छिन् ।
आरोप लगाए पनि फ्रेन्च प्रहरीले भने उजुरी दर्ता गर्न नमानेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
हाकिमीलाई लागेको आरोपबारे उनी आबद्ध क्लब पिएसजीले केही बताएको छैन ।
हकिमीसहितको मोरक्कन टोलीले गत डिसेम्बरमा कतारमा सम्पन्न विश्वकपको सेमिफाइनलको यात्रा तय गरेको थियो ।
यो कुनै पनि अफ्रिकी टोलीले विश्वकपको सेमिफाइनलमा स्थान बनाएको पहिलोपटक हो ।
सो क्रममा हाकिमीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९ ११:०९
प्रतिक्रिया दिनुहोस्