नेभिगेशन
अर्थ विविध

सुनको मूल्य तोलामा ५०० बढ्यो

काठमाडौँ –नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ५०० रुपैयाँले बढेको छ ।

सुन तोलाको १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तोलाको १ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

बुधबार तेजाबी सुन १ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलाको १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्