कांग्रेसले सांसदहरूलाई राष्ट्रपति निर्वाचनबारे प्रशिक्षण दिने
काठमाडौँ –राष्ट्रपति निर्वाचनबारे नेपाली कांग्रेसले संघीय र प्रदेश सभाका सांसदहरूलाई प्रशिक्षण दिने भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधबार बिहान बसेको बैठकले राष्ट्रपतिमा उम्मेदवारी दिएका रामचन्द्र पौडेललाई जिताउन केन्द्रदेखि प्रदेशसम्म पुगेर प्रशिक्षण दिने निर्णय गरेको हो ।
सांसदहरूसँग फागुन १९ मा अन्तरक्रिया गर्ने निर्णय भएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । फागुन १९ मा सातै प्रदेशमा प्रदेश सभा सदस्यहरूसँग छलफल गरिनेछ ।
कांग्रेसका पदाधिकारीहरूलाई प्रदेशमा खटाइने र राष्ट्रपतिमा पौडेललाई समर्थन गरेका अन्य ७ दलका प्रतिनिधि पनि अन्तरक्रियामा सहभागी हुने महतले बताए ।
फागुन २४ माच काठमाडौंमा सांसदहरूलाई मतदान प्रक्रियालगायतबारे पनि प्रशिक्षण दिइने छ । फागुन २५ मा राष्ट्रपति निर्वाचन हुँदैछ ।
प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९ ११:२५
प्रतिक्रिया दिनुहोस्