प्रतिनिधिसभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित [सूचनासहित]
काठमाडौँ –विशेष कारण जनाउँदै प्रतिनिधिसभाको बैठक चैत ५ गतेसम्मका लागि स्थगित भएको छ । बैठक बुधबार १ बजे बस्ने कार्यतालिका थियो ।
संघीय संसद् सचिवालयले सूचना जारी गर्दै बैठक चैत ५ गतेसम्मका लागि स्थगित भएको जानकारी गराएको हो ।
विशेष कारणवश बैठक स्थगित भएको संघीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।
बुधबार बस्ने भनिएको बैठकमा राष्ट्रपति कार्यालयबाट आएको सन्देश सुनाउने सम्भावित कार्यसूची थियो भने सम्पत्ति शुद्धीकरण संशोधन विधेयक र संवैधानिक परिषद् संशोधन विधेयकमाथि छलफल हुने कार्यसूची थियो ।
प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९ ११:३१
प्रतिक्रिया दिनुहोस्