Nic Ad Nic Ad
Nic Ad Nic Ad

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबार सुरु

बुधबार, फागुन १७, २०७९

काठमाडौँ –सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच एकीकृत कारोबार सुरु भएको छ । सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स एक आपसमा मर्ज भएर एकीकृत कारोबार सुरु गरेको हो ।

दुवै कम्पनी एक आपसमा गाभिएपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गरेका छन् । दुवै कम्पनीको २९ पुसमा बसेको साधारण सभाले मर्ज हुने प्रस्ताव पारित गरेको थियो ।

बीमा प्राधिकरणले १७ माघमा र कम्पनी रजिष्ट्रार कार्यालयले ८ फागुनमा  दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएको थियो ।

दुई कम्पनी एक बराबर एक (१ः१) को सेयर स्वाप रेसियोमा मर्जर भएका हुन् ।

यता, हाल सिद्धार्थको चुक्ता पुँजी १ अर्ब २८ करोड रुपैयाँ छ र प्रिमियर इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २२ करोड रुपैयाँ छ । दुवै कम्पनी एक भएपछि २ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी पुगेको हो ।

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  ११:५६
प्रतिक्रिया दिनुहोस्