नेभिगेशन
समाचार

कांग्रेस–माओवादीको मागअनुसार संसद् बैठक स्थगित

प्रधानमन्त्रीको विश्वासको मत उपराष्ट्रपतिको चुनावपछि मात्रै

काठमाडौँ– सभामुख देवराज घिमिरेले आजका लागि तय भएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर चैत ५ गतेसम्मका लागि स्थगित गरेका छन् । 

अब राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव सकिएपछि मात्रै प्रतिनिधिसभाको बैठक बस्ने छ । 

राष्ट्रपति चुनावका लागि तयारी गर्न समय चाहिएकाले प्रतिनिधिसभाको बैठक स्थगित गरिदिन कांग्रेस र माओवादी केन्द्रले माग गरेपछि सभामुखले स्थगित गरेको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बताए । 

‘मुख्य दलहरूको सुझावमा नै सभामुखले बैठक स्थगित गर्नुभएको हो । बैठक स्थगित गर्नुअघि कांग्रेस र माओवादी केन्द्रका प्रमुख सचेतकसँग परामर्श गर्नुभएको थियो’, योगीले सिएन नेपालसँग भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको चुनावअघि नै संसद्मा विश्वासको मत लिने विषयमा छलफल गरिरहेका थिए । फागुन २५ गते राष्ट्रपतिको चुनाव र चैत ३ गते उपराष्ट्रपतिको चुनावको मिति तय भएको छ ।  

अब राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनावपछि मात्रै प्रधानमन्त्रीले विश्वासको मत लिन पाउने भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार