नेभिगेशन
समाज विविध

न्याय सम्पादनपूर्व विस्तृत बहस आवश्यक छ : महान्याधिवक्ता पोखरेल

काठमाडौँ –महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले अदालतबाट हुने न्याय सम्पादनपूर्व विस्तृत बहसको आवश्यक्ता रहेको बताएका छन् । मंगलवार कानून व्यवसायी क्लब काठमाडौँ तथा शंकरलाल केडिया फाउण्डेशनको सम्मान तथा पुरस्कार कार्यक्रममा उनले अदालतबाट हुने न्यायलाई कानून विद्यालयमा अध्ययन गराउनयोग्य किसिमबाट न्याय सम्पादन गर्न जरुरी रहेको बताए । 

उनले भने, ‘कानून पत्रिकाले एकेटेमिक परिवेशमा निखारपन ल्याउँछ । भारतमा हामीले अध्ययन गर्दा सोधेका थियौँ–किन तिमीहरूको जजमेण्टको विभिन्न जजमेण्टको चर्चा हुन्छ ? जबाफमा उनीहरूले समयको कुरा हुन्छ भन्थे ।’ 

‘सर्वोच्च अदालतबाट एउटा फैसला आउनका लागि एक जना वरिष्ठ अधिवक्ताले २१ दिनसम्म बहस गर्थे, त्यसका आधारमा सर्वोच्च अदालतले फैसला गर्दथ्यो । त्यो फैसला कलेजमा पढाइ हुन्थ्यो र प्रोफेसरहरुले कमेन्ट गर्दथे र कमेन्टलाई ध्यानमा राखेर सर्वोच्च अदालतहरुमा फैसला पुनरावलोकन हुन्थ्यो । उनीहरुले रि करेक्शन गर्दथे । जजले आफ्नै जजमेण्ट उल्ट्याउँथे । त्यस्तो खालको डिस्कोर्स भयो भने मात्रै जस्टिस डेलिभरिमा नयाँ पन आउँछ । कम्तीमा कानून पत्रिकाले नेपालको अवस्थामा एकेडेमी डिस्कोर्सको लागि जुन छलफल गरेको छ ।’

कानून व्यवसायी क्लव काठमाडौं तथा शंकरलाल केडिया फाउण्डेशनले न्याय सम्पादनको क्षेत्रमा अब्बल कानून व्यवसायीहरूलाई सम्मान पनि गरिएको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा