शिलाबहादुर र कुन्ति मोक्तानलाई लाइफटाइम अचिभमेन्ट अवार्ड
काठमाडौँ –उदयपुरको गाईघाटमा उपहार एफएम ९५.४ मेघाहर्जले आफ्नो पाँचौँँ वार्षिक उत्सवको अवसरमा म्युजिक अवार्ड कार्यक्रम गरेको छ ।
त्यस अवसरमा एफएमले सांगीतिक क्षेत्रमा लामो समयदेखि योगदान पु¥याइरहेका वरिष्ठ संगीतकार शिलाबहादुर मोक्तान र गायिका कुन्ति मोक्तानलाई नगद ५० हजारसहित लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ ।
कार्यक्रममा उपहार एफएम कला सम्मानबाट टेलिभिजनकर्मी तथा गायक मनोहरि थापा, शैलेन्द्र खतिवडा, चन्द्र तामाङ, दिनेश लामा र मिथुन ठाकुरलाई सम्मान गरियो । आदिम स्मृतिक कला सम्मानबाट रंगकर्मी गोपाल कृतिलाई सम्मान गरियो ।
कार्यक्रममा बेस्ट रकपप विधाबाट गायक अशोक शिवा, राइजिङ स्टारको उपाधि गोविन्द गुरागाईं, बेस्ट मोडल मेल रियाज आचार्य, उत्कृष्ट भिडिओ निर्देशनबाट कलाकार प्रदीप चौधरीले अवार्ड प्राप्त गरे ।
यसैगरी उत्कृष्ट रचनाकारतर्फ सइनध्वज दनुवार, उत्कृष्ट जुरी अवार्ड नारायण दनुवार, उत्कृष्ट कल्चर गायकको उपाधि गायक शिव थापामगर, उत्कृष्ट आधुनिकतर्फ शसिचन्द्र राई, उत्कृष्ट लोकप गायकतर्फ सन्दीप मोते, उत्कृष्ट मोर्डन पप गायिकातर्फ सुनिता कार्की, उत्कृष्ट मेलोडी पप गायिकातर्फ अप्सरा घिमिरे, उत्कृष्ट लोक गायकतर्फ विनोद दनुवार, उत्कृष्ट मेलोडी पप गायकतर्फ फिरोज बस्नेत, उत्कृष्ट प्लेब्याक गायकको उपाधि टम्पसेर राई, उत्कृष्ट मोडलतर्फ रेखा राई र बेस्ट प्लेब्याक गायिकाको उपाधि पूजा मगरले प्राप्त गरेको कार्यक्रम निर्देशक तारावीर पाण्डेले जानकारी दिए ।
कार्यक्रममा वरिष्ठ संगीतकार शिलाबहादुर मोक्तान, गायिका कुन्ति मोक्तान, गायक नन्दु गुरुङसहित अवार्ड प्राप्त गरेका कलाकारहरुले सांगीतिक प्रस्तुति दिएका थिए ।