रास्वपाको चुनाव चिह्नमा सामान्य हेरफेर
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव चिह्नमा सामान्य हेरफेर गरेको छ । रास्वपाले गोलो घेरा हटाएर घन्टी मात्रै राखेको छ ।
यसअघि रास्वपाको चुनाव चिह्न गोलो घेराभित्र घन्टी थियो । प्रमुख सचेतक सन्तोष परियारका अनुसार यसअघि गोलाकारभित्र घन्टी चुनाव चिह्न रहेकामा गोलाकार हटाएर घन्टी मात्रै राखिएको छ ।
प्रतिनिधिसभामा रास्वपाले प्रत्यक्ष र समानुपातिक गरी २० सिट प्राप्त गरेको थियाे । अध्यक्ष रवि लामिछानेको सांसद पद खारेज भएपछि चितवन- २ मा उपनिर्वाचन हुँदै छ ।
प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९ १२:३८
प्रतिक्रिया दिनुहोस्