Nic Ad Nic Ad
Nic Ad Nic Ad

सन्दीप आज युएई जाँदै

बुधबार, फागुन १७, २०७९

काठमाडौँ– सर्वोच्च अदालतले फुकुवा गरेसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने आज युएई जाने भएका छन् ।

उनले युएई जाने तयारी गरिहेको तथा आफूहरूसँग आवश्यक कानुनी परामर्श पनि गरिरहेको सन्दीपका अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए ।

यतिबेला नेपाली टोलीले युएईमा आइसिसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गतका त्रिकोणात्मक सिरिज खेलिरहेको छ । अदालतले फुकुवा गरेसँगै युएई र पपुवा न्यू गिनीविरुद्धका खेल खेल्न सन्दीप त्यहाँ जान लागेका हुन् ।

यद्यपि, अन्तर्राष्ट्रिय क्रिकेट परिषद्  (आइसिसी)ले भने आधिकारिक रूपमा अनुमति दिन बाँकी छ । दिएको खण्डमा सन्दीपले खेल्नेछन् । 

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १२:५०
प्रतिक्रिया दिनुहोस्