नेभिगेशन
खेलकुद

सन्दीपकाे नाम नेपाली टोलीको स्क्वाडमा समावेश

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले पूर्वकप्तान सन्दीप लामिछानेको नाम नेपाली राष्ट्रिय क्रिकेट टोलीको स्क्वाडमा समावेश गरेको छ ।

यससँगै, सन्दीप आजै युएई जाने तयारी गरिरहेको क्यान स्रोतले जनाएको छ । साथै, सन्दीपले आफूहरूसँग आवश्यक कानुनी परामर्श पनि गरिरहेको सन्दीपका अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए ।

यतिबेला नेपाली टोली युएईमा आइसिसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गतका त्रिकोणात्मक सिरिज खेलिरहेको छ । अदालतले फुकुवा गरेसँगै युएई र पपुवा न्यू गिनीविरुद्धका खेल खेल्न सन्दीप त्यहाँ जान लागेका हुन् ।

एकजना खेलाडीलाई बिरामी भएपछि सन्दीपको नाम स्क्वाडमा राखिएको बताइएको छ ।

नेपालले बिहीबार आयोजक युएईको सामना गर्दैछ ।  


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद